हामी जे बोल्छौँ,त्यो गर्छौः मेयर पदका उम्मेद्धवार बोगटी

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुरका सभापति एवम् भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेद्धवार पदम बोगटीले काँग्रेसले बोलेका कुरा पुरा पनि गर्ने बताएका छन् ।

आइतबार भीमदत्त नगरपालिका–८ स्थित चुनावी घरदैलो कार्यक्रमा उनले त्यसो भनेका हुन् । ‘हामी जे बोल्छौँ,त्यो गर्छौ ।’ उनले भने ‘काँग्रेसले कम्युनिष्टहरुको जस्तो चिल्ला हावा गफ गर्दैन ।’

त्यस्तै उनले आफुहरु निर्वातिच भएमा भीनपा–८ मा शिक्षा,स्वास्थ्य,खानेपानी,विद्युत,सिचाई,पर्यटन लगाएतको विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ताजा समाचार