भीमदत्तमा भएको भष्ट्रचारको छानविन गर्छौः मेयर पदका उम्मेद्धवार बोगटी

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुरका सभापति एवम् भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेद्धवार पदम बोगटीले आफु निर्वाचित भए नगरपालिकामा भएका अनियमिता,भष्ट्रचारको छानविन गर्ने बताएका छन् ।

‘भीमदत्त नगरपालिकामा धेरै अनियमिता,भष्ट्रचार भएको खबर आएका छन् ।’ आइतबार भीनपा–७ मा घरदैलो कार्यक्रमा उनले भने ‘हामी निर्वाचित भएमा नगरपालिकामा भएका अनियमिता,भष्ट्रचारको छानविन गर्छौ ।’

त्यस्तै उनले राजनिति कमाई खाने भाडोको लागि नभएर समाजसेवाका लागि गर्नुपर्ने बताए । ‘हामी राजनिति विकास र समाजसेवाका लागि गर्छौ ।’ उनले भने ‘कम्युनिष्टहरुको जस्तो आफ्ना मान्छेर कर्यकर्ता पाल्न,पैसा कमाउन राजनिति गर्दैनौँ ।’

ताजा समाचार