हामी विकासका लागि राजनिति गर्छौः मेयर पदका उम्मेद्धवार बोगटी

महेन्द्रनगर । राजनिति कमाई खाने भाडोको लागि नभएर समाजसेवाका लागि गर्नुपर्ने नेपाली काँग्रेस कञ्चनपुरका सभापति एवम् भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेद्धवार पदम बोगटीले बताए ।

‘हामी राजनिति विकास र समाजसेवाका लागि गर्छौ ।’ उनले भने ‘कम्युनिष्टहरुको जस्तो आफ्ना मान्छे र कार्यकर्ता पाल्न,पैसा कमाउन हामी राजनिति गर्दैनौँ ।’

उनले अगाडी थपे ‘पैसा कमाउने अरु धेरै बाटो छन् । त्यसैले राजनिति समाजसेवाको भावनाले गर्नु पर्छ ।’ उनकाअनुसार भीमदत्त नगरपालिकामा भष्ट्रचार भएको खबर आएका छन् निर्वाचित भएमा त्यसको हामी छानविन गर्छौ ।

‘भीमदत्त नगरपालिकामा धेरै अनियमिता,भष्ट्रचार भएको खबर आएका छन् ।’ आइतबार भीनपा–७ मा घरदैलो कार्यक्रमा उनले भने ‘हामी निर्वाचित भएमा नगरपालिकामा भएका अनियमिता,भष्ट्रचारको छानविन गर्छौ ।’

ताजा समाचार