भीनपा–८ मा एमाले र माओवादी परित्याग गरि १० जना नेपाली काँग्रेस प्रवेश

महेन्द्रनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरि १० जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित घरदैलो कार्यक्रमा एमाले र माओवादी परित्याग गरि १० जना काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस भीमदत्त नगर सभापति अच्युतराज कलौनीले बताए ।

उनका अनुसार पार्टी प्रवेश गर्नेलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले पार्टीमा स्वागत गरेका थिए ।

प्रवेश गर्नेमा केशव खत्री,सन्तोष ठगुन्ना,राजेश बोहरा,पदम ठगुन्ना,राजेश ठगुन्ना,मोहन राज भट्ट,विमल ठगुन्ना,देवराज भट्ट,नविन खत्री र प्रेम बोहरा रहेका छन् ।

ताजा समाचार