कम्युनिष्टले महिलाका अधिकार खोसेः उपमेयरका उम्मेद्धवार लेखक

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा काँग्रेसको तर्फबाट उपमेयरका उम्मेद्धवार निलम लेखक जोशीले कम्युनिष्टहरुले महिलाका अधिकार खोसेको आरोप लगाएकी छन् ।

‘कम्युनिष्टहरुले अहिले महिलाका अधिकार खोसेका छन् ।’ घरदैलो कार्यक्रममा उनले भनिन् ‘संविधानमा कुनैपनि स्थानिय तहको मेयर वा उपमेयर मध्ये एक जना महिला हुनु पर्ने व्यवस्था छ । तर अहिले कम्युनिष्टहरुले संविधानले दिएको महिलाको अधिकार खोसेर मेयर, उपमेयर दुवैमा पुरुष उम्मेद्धवार बनाएर चुनावमा जादैछन् ।’

उनकाअनुसार नगरपालिकामा महिला जनप्रतिनिधि भएपछि महिलालाई आफ्ना कुरा राख्न सहज हुन्छ तर त्यहाँ कम्युनिष्टहरुले महिलाका अधिकार खोसेर मेयर,उपमेयरमा पुरुष मान्छेलाई उम्मेद्धवार बनाएका छन् ।

‘मेयर,उपमेयर दुवै पुरुष भएपछि नगरपालिका तथा न्यायिक समितिमा महिलाले आफ्ना पिडा,समस्या खुलेर राख्न सक्नुहुन्न ।’

उनले भनिन् ‘त्यसैले नगरपालिकामा महिलाको प्रतिनिधित्व, महिलाका हक,अधिकार र नगरपालिकामा महिलाले आफ्ना समस्या खुलेर राख्नका लागि पनि मेयर, उपमेयरमा मध्य एक पदमा महिला जनप्रतिनिधि हुन आवश्यक हुन्छ ।’

ताजा समाचार