भीमदत्तलाई नमुना नगर बनाएर देखाइदिन्छुः मेयर पदका उम्मेद्धवार बोगटी

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुरका सभापति तथा भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेद्धवार पदम बोगटीले आफु निर्वाचित भएपछि नगरपालिकालाई नमुना नगर बनाएर देखाइदिने बताएका छन् ।

सोमवार भीनपा–९ स्थित घरदैलो कार्यक्रमा नेता बोगटीले काम गर्नका लागि इमान्दारीता चाहिने भन्दै आफुहरु इमान्दारीताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘काम गर्नका लागि इमान्दारीता चाहिन्छ । हामीले आफ्ना छोराछोरी,परिवारका लागि सोचेर पैसा कमाउन तिर ध्यान लगाएपछि काम हुदैन ।’ उनले भने ‘हामी इमान्दारीताका साथ काम गर्छौ र भीमदत्त नगरपालिकाकालाई नमुना नगर बनाएर देखाइदिन्छौँ ।’

यस्तै उनले बेरोजगार युवायुवतीहरुका लागि एउटा कोष स्थापना गर्ने,८० वर्ष माथीका वृद्धवृद्धाहरुलाई महिनाको कम्तिमा एक पटक घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण गर्ने,गरिव,विपन्न परिवारका बालबालिकालाई निशुल्क पढाइने लगाएतका प्रतिवद्धता व्यक्त गरे ।

‘हामी जति सक्छौ त्यती मात्र बोल्छौँ ।’ उनले भने ‘कम्युनिष्टहरुको जस्तो हावा गफ दिदैनौँ ।’ उनले अगाडी भने ‘त्यसैले गरिएका यी प्रतिवद्धता हामी पुरा गरेर नमुना नगरपालिका बनाएर देखाउछौँ ।’

यस्तै उनले भीमदत्त नगरापलिकामा ५ वर्षमा भएका अनियमिता,भष्ट्राचारको छानविन समेत गरिने बताए । ‘नगरपालिकामा छाडा पशुचौपाया,डिपिआर निर्माण,चक्रपथ निर्माण लगाएतका थुप्रो योजनाका नाममा भष्ट्राचार भएको खबर आएका छन् ।’ उनले भने ‘यदि त्यस्तो हो भने हामी निर्वाचित भएपछि त्यसको छानविन गर्छौ ।’

ताजा समाचार