समस्या समाधान गर्छन की ? भन्ने आशले ५ किलोमिटिर हिडेर नेता बोगटीलाई भेट्न बह्मदेव पुगे टुडिखेलका महिला

महेन्द्रनगर । सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित नेपाली काँग्रेस कञ्चनपुरका सभापति एव्म भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेद्धवार पदम बोगटी घरदैलो कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए ।

नेता बोगटीको भाषण त्यहाँ अरुभन्दा अलि फरक पहिरनमा सजिएका ३/४ जना महिलालेपनि ध्यान दिएर सुनिरहेका थिए । अरुभन्दा फरक पहिरन भएर होला हाम्रो ध्यानपनि उनिहरु तर्फ गयो । त्यसपछि उनिहरुसंग हाम्रो कुराकानी शुरु भयो । उनिहरु भीनपा–९ टुडिखेलकै पार्वती विक, कला बोहरा र अनिता धामी रहेछन् ।

बह्मदेवमा काँग्रेसबाट भीमदत्त नगरपालिकाका मेयर,उपमेयर पदका उम्मेद्धवार आउने कुरा थाहापाएपछि गाउँमा खानेपानी,सडक,विजुलीको समस्या समाधान गर्छन की भन्ने आश बोकेर उनिहरु बह्मदेव आएका हुन् ।

‘हामी टुडिखेलबाट हिडेर आएका हौँ । हाम्रो गाउँमा खानेपानी,विजुली,सडकको धेरै समस्या छ ।’ पार्वती विकले भनिन् ‘हाम्रा समस्या समाधान हुन्छनकी भनेर हामी यहाँ नेतालाई भेट्न आएका हौँ ।’

हामीले प्रश्न ग¥यौँ त्यहा त नगरपालिकाले सडक बनाइदिएको छ होइन र ? ‘टुडिखेलको सडक हामी आफैले पैसा उठाएर बनाएका हौ ।’ अर्की महिला कला बोहराले भनिन् ‘हामी आफैले पैसा उठाएर बनाएको बाटो एमालेका नेता,वडाध्यक्षहरु आफुले बनाएका हौ भन्छन् ।’

उनले अगाडी थपिन् ‘जति बाटो बनेको छ त्यो हामीले आफै पैसा उठाएर बनाएको बाटो हो । बाकीँ हाम्रा दुख उस्तै छन् । त्यसैले अब काँग्रेसका नेता हाम्रा समस्या समाधान गर्छनकी भनेर यहाँ आएका हौ ।’

यसअघि अरु पार्टीलाई भोट हाल्दा आफ्ना समस्या समाधान नभएको अनिता धामीले बताइन् । ‘हाम्रा समस्या समाधान गर्छन भनेर पहिला अरु पार्टीलाई भोट हाल्यौँ ।’ उनले भनिन् ‘तर समस्या समाधान भएन । अब एक पटक काँग्रेसलाई जाच्छौँ ।’ मेयर पदका उम्मेद्धवार बोगटीले टुडिखेलका सडक,खानेपानी,विद्युतका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ताजा समाचार