इमान्दारीताका साथ काम गर्नेछुःभीनपा–६ वडाध्यक्ष पदका उम्मेद्धवार खड्का

महेन्द्रनगर । नेपाली काँग्रेसको तर्फबाट भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष पदका उम्मेद्धवार महेन्द्र खड्काले इमान्दारीताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘अहिले वडा नम्बर ६ मा खानेपानी,ढल,बाढी,सिचाई,अव्यवस्थित विद्युतिकरण लगाएतका समस्या छन् ।’ उनले भने ‘हामी निर्वाचित भएपछि यी सबै समस्यालाई समाधान गर्न इमान्दारीताका साथ काम गर्नेछौ ।’

उनले अगाडी थपे ‘यहाँ ५ वर्षमा कम्युनिष्टहरुले आफ्ना कार्यकर्ता,आफन्तका लागि मात्र काम गरेका छन् । तर हामी त्यसो गर्दैनौँ,जनताको सेवक भएर इमान्दारीताका साथ समान रुपमा काम गर्नेछौँ ।’

यस्तै उनले वडा नम्बर ६ मा रहेका शिक्षा,स्वास्थ्य,सडक लाई थप स्तरोन्नति गरिने बताउदैँ एक पटक आफुलाई मौका दिन आग्रह गरे ।

‘६ नम्बर वडालाई नमुना सुन्दर वडाका रुपमा विकास हामी गर्छौ ।’ उनले भने ‘ त्यसका लागि एक पटक काँग्रेसलाई मौका दिन सम्पूर्ण वडाबासी,नगरवासीलाई आग्रह गर्न चाहन्छु ।’

ताजा समाचार