भीनपा–१९ लाई भष्ट्राचार रहित नमुना वडा बनाउन चाहन्छुः वडाध्यक्ष पदका उम्मेद्धवार ऐरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ वडाध्यक्ष पदका उम्मेद्धवार सन्तोषी साउँद ऐरीले भीनपा–१९ लाई भष्ट्राचार रहति नमुना वडाका रुपमा विकास गर्न आफुले उम्मेद्धवारी दिएको बताइन् ।

‘१९ नम्बर वडामा सडक,खानेपानी,सिचाई,विद्युत,स्वास्थ्य,जंगली जनावर,बाढीका समस्या छन् ।’ बुधबार घरदैलो कार्यक्रममा उनले भनिन् ‘हामी निर्वाचित भएपछि यहाँका यी सबै समस्या समाधान गर्छौ ।’

यस्तै उनले वडामा भएको भष्ट्राचार,अनियमिताको छानविन समेत गर्ने बताइन् । ‘विगत ५ वर्षमा वडा कार्यालयमा भएको अनियमिता,भष्ट्राचारको छानविन गर्छौ ।’

उनले भनिन् ‘वडामा भएका समस्या समाधान गरि भष्ट्राचार रहित नमुना वडाका रुपमा विकास गर्न चाहन्छु ।’ उनले अगाडी थपिन् ‘त्यसका लागि हामीलाई वडाबासीको एक मौका दिनुपर्छ ।’

ताजा समाचार