वोर्डरका समस्या भारत सरकारसंग कुरा गर्न सक्ने ल्याकत भएका अरु कुनै पार्टी छैनः अध्यक्ष ओली

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमाका समस्याबारे एमाले बाहेक भारत सरकारसंग कुरा गर्न सक्ने ल्याकत अरु कुनै पार्टीमा नभएको दावी गरेका छन् ।

‘२०१८ सालमा राजा महेन्द्रले भारतलाई बुझाएको भूमी (लिपुलेक,लिम्पियाधुरा) त्यो भूमी समेटेर संसदबाट पारित गरेर,संविधान संशोधन गरेर भारतलाई पत्र पठायौँ ।’ विहिबार कञ्चनपुरको बेलौरीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भने ‘तर अहिलेको सरकार बोल्न सक्दैन ।’

कञ्चनपुरका सीमाका समस्या समाधान गर्नपनि एमाले नै चाहिने अध्यक्ष ओली दावी गरे । ‘यहाँका बोर्डरका समस्या समाधान गर्न एमाले नै चाहिन्छ । अरु कुनै पार्टीको सीमाका विषयमा भारत संग कुरा गर्न सक्ने ल्याकत नै छैन ।’ उनले भने ।

उनले कार्यक्रममा सिचाई, स्वास्थ्य, खानेपानी, भूमीहिन, दलित,गरिब,विपन्न परिवारका समस्या समाधान गर्न एमाले नै चाहिने बताए ।

ताजा समाचार