देश र जनताका लागि राजनिति गरेका पदम,जसको इमान्दारीतामा कुनै दाग लागेको छैन

महेन्द्रनगर । कञ्चनपुरको सबै भन्दा ठुलो स्थानिय तह हो भीमदत्त नगरपालिका । जिल्ला सदरमुकाम समेत रहेको सो नगरपालिकामा अहिलेपनि सार्वजनिक शौचालय,खानेपानी,सडक,सिचाई,छाडा पशुचौपाया,बाढी लगाएतको थुप्रो समस्या छन् । ती समस्या समाधान गर्ने प्रतिवद्धता सहित चुनावी मैदानमा उत्रिएका छन् पदम बोगटी ।

४० वर्ष बढीको राजनितिक इतिहास बोकेका नेता बोगटी देश र जनताका लागि भएका विभिन्न आन्दोलनमा पटक–पटक जेल चलान भए । वि.सं.२०३६ सालमा कक्षा १० मा पढ्दा नेपाल विद्यार्थी संघमा आवद्ध भएर नेता बोगटीले आफ्नो राजनिति यात्रा शुरु गरे । २०४० सालमा विद्यार्थीका हक अधिकारका लागि गरिएको आन्दोलनमा उनी पक्राउ परे ।

त्यसपछि २०४५ सालमा नेविसंघको ५ औँ महाधिवेशनमा उनि नेविसंघको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । वि.सं. २०४६ सालको जनआन्दोलनमा उनले नेविसंघ महाकाली अञ्चलको नेतृत्व गरे । त्यहि जनआन्दोलनमा उनलाई गिरप्तार गरि जेल चलान गरियो ।

त्यसपछि २०४७ सालमा उनि नेविसंघ कञ्चनपुरको जिल्ला उप–सभापतिमा निर्वाचित भए । २०५० सालमा नेविसंघको ६ औँ महाधिवेशनमा निर्विरोध केन्द्रिय सदस्य चयन भए । नेपाली काँग्रेसको ११ औँ महाधिवेशमा उनि जिल्ला सदस्य भए लगतै जिल्ला सह–सचिवमा मनोनिति भए ।

त्यसपछि उनले निरन्तर १५ वर्ष जिल्ला सचिव भएर काम गरे । यो विचमा २०६२/०६३ सालको जनआन्दोलमा समेत नेता बोगटी प्रत्यक्ष सहभागि भएका थिए । ०६२/६३ को आन्दोलनमा पनि उनि पक्राउ परे । त्यो आन्दोलनमा देशभरी पहिलो पटक पक्राउ पर्ने मध्यका एक उनि थिए ।

लामो समय देश, जनता र विद्यार्थीका लागि राजनिति गरेका बोगटीले पहिलो पटक २०६४ सालमा सार्वजनिक पदमा बसेर काम गर्ने मौका पाए । २०६४ सालमा उनि महेन्द्रनगर नगर विकासको अध्यक्ष भए । नगर विकासको अध्यक्षका रुपमा नेता बोगटीले इमान्दारीताका साथ गरेको कामको अहिलेपनि चार्चा हुने गरेको छ ।

महेन्द्रनगर नगर विकासको जग्गा जथाभावि विक्रिवितरण गरेको विषयमा अहिले बोगटी बाहेक नगर विकासका प्राय अन्य अध्यक्ष,कर्मचारी,मालपोत,नापीका प्रमुख र कर्मचारीहरुको नाम मुछिएको छ । सो विषयमा अख्तियारमा मुद्धा परेर अनुसन्धान भइरहेको छ । पहिलो पटक (सार्वजनिक पद) नगर विकासको अध्यक्ष हुदाँ पनि लोभ,लालचमा नपरी इमान्दारीताका साथ काम गरेका कारण नेता बोगटीे नगर विकासको निर्विवाद अध्यक्षका रुपमा परिचित छन् ।

२ वर्ष नगर विकासको अध्यक्षका रुपमा काम गरेका बोगटी २०७४ सालको स्थानिय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयर पदका उम्मेद्धवार थिए । उनि एमालेका उम्मेद्धवार सुरेन्द्र विष्ट संग झिनो मतले पराजित भएका थिए । त्यसपछि नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उनि जिल्ला पार्टी सभापतिमा निर्वाचित भए ।

लामो समय देश र जनताका लागि राजनिति गरेका र अहिले सम्म आफ्नो इमान्दारीतामा दाग लाग्न नदिएका बोगटीले बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा भीमदत्तको मेयर पदका लागि पुनः उम्मेद्धवारी दिएका छन् । नगरपालिकामा रहेका शिक्षा,स्वास्थ्य खानेपानी,सडक,शार्वजनिक शौचालय,छाडा पशुचौपाया,बाढी लगाएतका समस्या समाधान गरि भष्ट्राचार रहित नगरका रुपमा विकास गर्न मेयर पदमा उम्मेद्धवारी दिएको नेता बोगटीले बताए ।

‘हामी निर्वाचित भएपछि यहाँका खानेपानी,सिचाई,बाढी,मल,सडक,शौचालय,छाडाचौपाय लगाएतका समस्या समाधान गर्छौ ।’ उनले भने ‘ म इमान्दारीताका साथ यहाँका समस्या समाधान गर्न काम गर्नेछु ।’ उनले अगाडी थपे ‘काम गर्नका लागि इमान्दारीता चाहिन्छ । हामीले आफ्ना छोराछोरी,परिवारका लागि सोचेर पैसा कमाउन तिर ध्यान लगाएपछि काम हुदैन ।’

उनले भने ‘हामी इमान्दारीताका साथ काम गर्छौ र भीमदत्त नगरपालिकाकालाई नमुना नगर बनाएर देखाइदिन्छौँ ।’ उनले बेरोजगार युवायुवतीहरुका लागि एउटा बेरोजगार कोष स्थापना गर्ने,७५ वर्ष माथीका वृद्धवृद्धाहरुलाई महिनाको कम्तिमा एक पटक घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण गर्ने,गरिव,विपन्न परिवारका बालबालिकालाई निशुल्क पढाइने लगाएतका प्रतिवद्धता व्यक्त गरे ।

‘हामी जति सक्छौ त्यती मात्र बोल्छौँ ।’ उनले भने ‘कम्युनिष्टहरुको जस्तो हावा गफ दिदैनौँ ।’ उनले अगाडी भने ‘त्यसैले गरिएका यी प्रतिवद्धता हामी पुरा गरेर नमुना नगरपालिका बनाएर देखाउछौँ ।’ यस्तै उनले भीमदत्त नगरपालिकामा ५ वर्षमा भएका अनियमिता,भष्ट्राचारको छानविन समेत गरिने बताए ।

‘नगरपालिकामा छाडा पशुचौपाया,डिपिआर निर्माण,चक्रपथ निर्माण लगाएतका थुप्रो योजनाका नाममा भष्ट्राचार भएको खबर आएका छन् ।’ उनले भने ‘यदि त्यस्तो हो भने हामी निर्वाचित भएपछि त्यसको छानविन पनि गर्छौ ।’

ताजा समाचार