‘कम्युनिष्टहरु कुन नैतिकताका आधारमा भोट माग्दैछन् ?’

महेन्द्रनगर । नेपाली काँग्रेस कञ्चनपुरका सभापति एवम् भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेद्धवार पदम बोगटीले कम्युनिष्टहरुले जनताको मतको कदर नगरेको बताएका छन् ।

‘जनताले यस अघिको निर्वाचनमा विश्वास गरेर कम्युनिष्टलाई देशमा विकास गर्नु भनेर दुई तिहाई बहुमतका साथ जिताए ।’ भीनपा–१२ स्थित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने ‘तर उहाँहरुले जनताको मतको कदर गर्नु भएन । ५ वर्ष सरकार चलाउ भनेर जनताले चुनेर पठाए, तर उहाँहरुले देश विकास गर्न छोडेर, पद,कुर्सीको भागभण्डा नमिल्दा, लडाई गरेर ३ वर्षमै आफ्नो सरकार आफै ढाले ।’

उनले अगाडी थपे ‘अहिले ३ पार्टी फरक–फरक चुनाव चिन्ह लिएर कुन नैतिकताका आधारमा भोट माग्दैछन् ?,कम्युनिष्टहरुले देशको विकास चाहेकै छैनन् ।’ कार्यक्रममा उनले नेपाली काँग्रेसले कम्युनिष्टहरु जस्तो हावा गफ दिएर भोट नमाग्ने समेत बताए । ‘कम्युनिष्टहरुले पानी जहाज,घरघरमा ग्यास लाइन,रेल्वे लगाएतका हाव गफ दिएर भोट मागे ।’ उनले भने ‘खै यहाँ घरघरमा ग्यास लाईन,पानी जहाज,खै रेल ? त्यसैले हामी उहाँहरुको जस्ता झुटा आश्वासन दिएर भोट माग्दैनौँ ।’

स्थानिय सरकारलेपनि ५ वर्षमा यहाँका जनताका जीवन संग जोडिएका सामान्य सडक, ढल, विद्युत, खानेपानी, सिचाई, चौपायाका समस्या समेत समाधान गर्न नसकेको उनले बताए । ‘५ वर्षमा स्थानिय सरकारले के ग¥यो ?’ उनले प्रश्न गर्दै भने ‘म घरदैलोमा जाँदा स्तानिय जनता सबै खानेपानी, सडक, विद्युत, सिचाई, ढल, चौपाया लगाएतका समस्या छन् भनेर आउनु हुन्छ ।’ उनले अगाडी थपे ‘५ वर्षमा जनताका जीनव संग जोडिएका यी समान्य समस्या समाधान समेत गरिएको छैन ।’

यस्तै उनले आफुहरु निर्वाचित भएपछि नगरपालीकाका सार्वजनिक शौचालय,छाडा पशुचौपाया, सडक, खानेपानी, विद्युत, बाढी, ढल, शिक्षा, स्वास्थ्य लगाएत जनताका जीवन संग जोडिएका सामान्य समस्या समाधान गर्ने बताए ।

‘हामी निर्वाचित भएपछि कम्युनिष्टले गर्न नसकेका यहाँका सार्वजनिक शौचालय,छाडा पशु चौपाया, खानेपानी,सिचाई,बाढी,मल,सडक लगाएतका समस्या समाधान गर्छौ ।’ उनले भने ‘म इमान्दारीताका साथ यहाँका समस्या समाधान गर्न काम गर्नेछु ।’ उनले अगाडी थपे ‘काम गर्नका लागि इमान्दारीता चाहिन्छ । हामीले आफ्ना छोराछोरी,परिवारका लागि सोचेर पैसा कमाउन तिर ध्यान लगाएपछि काम हुदैन । त्यसैले हामी इमान्दारीताका साथ काम गर्छौ र भीमदत्त नगरपालिकाकालाई नमुना नगर बनाएर देखाइदिन्छौँ ।’

यस्तै उनले बेरोजगार युवायुवतीहरुका लागि एउटा बेरोजगार कोष स्थापना गर्ने,७५ वर्ष माथीका वृद्धवृद्धाहरुलाई महिनाको कम्तिमा एक पटक घरमै गएर निशुल्क स्वास्थ्य परिक्षण गर्ने,गरिव,विपन्न परिवारका बालबालिकालाई निशुल्क पढाइने लगाएतका प्रतिवद्धता व्यक्त गरे ।

‘हामी जति सक्छौ त्यती मात्र बोल्छौँ ।’ उनले भने ‘कम्युनिष्टहरुको जस्तो हावा गफ दिदैनौँ ।’ उनले अगाडी भने ‘त्यसैले गरिएका यी प्रतिवद्धता हामी पुरा गरेर नमुना नगरपालिका बनाएर देखाउछौँ ।’

यस्तै उनले भीमदत्त नगरापलिकामा ५ वर्षमा भएका अनियमिता,भष्ट्राचारको छानविन समेत गरिने बताए । ‘नगरपालिकामा छाडा पशुचौपाया,डिपिआर निर्माण,चक्रपथ निर्माण लगाएतका थुप्रो योजनाका नाममा भष्ट्राचार भएको खबर आएका छन् ।’ उनले भने ‘यदि त्यस्तो हो भने हामी निर्वाचित भएपछि त्यसको छानविन गर्छौ ।’

ताजा समाचार