भीमदत्त नगरपालिका–२ का स्थानिय काँग्रेसका उम्मेद्धवारको पक्षमा उर्लिय (भिडियो सहित)

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेसका उम्मेद्धवारको पक्षमा जनलहर बढ्दै गएको छ ।

आइतबार भीमदत्त नगरापलिका–२ का स्थानियहरु मेयर पदका उम्मेद्धवार पदम बोगटी,उप–मेयर पदका उम्मेद्धवार निलम लेखक जोशी लगाएत वडाध्यक्ष,वडासदस्य पदका उम्मेद्धवारको पक्षमा सडकमा उर्लिएका थिए ।

५ वर्षमा मेयर सुरेन्द्र विष्ट र वडानम्बर २ का वडाध्यक्ष डिके कार्कीले यहाँका समस्या समाधान नगरेको भीनपा–२ का स्थानिय प्रेम विष्टले आरोप लगाए । ‘मेयर सुरेन्द र अध्यक्ष डिकेले ५ वर्षमा केही काम गरेनन् ।

यहाँका सडक,विजुली,बाढी,ढल,सिचाई यी सामान्य समस्या पनि उहाँहरुले समाधान गर्न सक्नु भएन ।’ उनले भने ‘त्यसैले काँग्रेसका उम्मेद्धवार समस्या समाधान गर्छन की ? भनेर हामी उहाँहरुको पक्षमा आएका हौ ।’ ५ वर्षमा गाउँघरका सामान्य समस्या समेत समस्या समाधान नगरिएकाले विकल्पका रुपमा काँग्रेसको पक्षमा आएको स्थानियहरुले बताएका छन् ।

भिडियो

https://www.facebook.com/100041833096600/videos/555594586086076

ताजा समाचार