‘महाकाली अस्पताल साच्चै परिवर्तन भएको रहेछ’

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बह्मदेवका तेज सिंह भाटलाई बैशाख २७ गते राती १२ बजे सुतिरहेको अवस्थामा सुईले खोपेजस्तो महशुस हुन्छ । त्यसपछि उनि बत्ति बालेर हेर्छन र नजिकै सर्प देख्छन् । अनि थाहा पाउछन् पाखुरामा सर्पले टोकेको ।

No description available.
पाखुरामा सर्पले टोकेको भाग

सर्पले टोकेको थाहाँ पाएको केही समयपछि उनि बेहोस भइसकेका थिए । त्यसपछि उनका परिवार र आफन्तले ढिलो नगरी उनलाई महाकाली प्रादेशिक अस्पतालमा पु¥याए । ‘अंकललाई सर्पले टोकेको हामीले थाहा पाउँदा उहाँ बेहोस अवस्थामा हुनुहुन्थ्यो ।’ तेजका भतिज अकबर सिंह भाटले भने ‘हामी धेरै डराएका थियौँ । तर ढिलो नगरी हामीले अटो रिक्सामै अस्पताल लिएर त आयौँ ।’ उनले अगाडी थपे ‘अस्पताल पुगाएपनि हामी डराएकै थियौँ । तर अंकललाई हिजो (२८ गते) होस आएपछि हामी ढुक्क भयौँ ।’

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अर्जुन भट्टका अनुसार भाटलाई अत्याधिक विसालु गोमन सर्पले टोकेको रहेछ ।

‘भाटलाई अत्याधिक विसालु गोमन सर्पले टोकेको रहेछ ।’ डा. भट्टले भने ‘यहाँ (अस्पताल) पुग्दा उहाँ बेहोस अवस्थामा हुनुन्थ्यो । हाम्रो इमेर्जेन्सी र आइसियूका डाक्टरहरुको टिमको मेहनत र अस्पतालमा रहेको भेन्टिलेटर र एएसभी को सुविधाले उहाँको ज्यान जोगियो ।’

हाल भाटको स्वास्थ्यमा सुधार भएको डा. भट्टले बताए । ‘सर्पले टोकेको थाहापाएपछि अब म बाच्दैन,मर्छु होला भनेर सोचेको थिए ।’ महाकाली प्रादेशिक अस्पतालमा उपचारत भाटले भने ‘हिजो होस आएपछि थाहा पाए महाकाली अस्पतालमा छु भनेर ।’

उनले अगाडी भने ‘महाकाली अस्पताल आचकाल राम्रो भएको छ भनेर भन्थ्ये तर मलाई त्यहापनि के उपचार होला जस्तो लाग्थ्यो । अहिले थाहा भयो यो अस्पताल त साच्चै परिवर्तन भएको रहेछ । पहिला सानो चोट लागेपनि धनगढी,खटिमा (भारतिय बजार) जानुपर्ने बाध्यता थियो । तर अहिले त यति विसालु सर्पले टोकेकोपनि यहि अस्पतालमा उपचार भएर बाचे ।’

डा.भट्टले जुनसुकै सर्पले टोक्दापनि जतिसक्दो चाँडो अस्पताल पुगेमा ज्यान जोगिन सक्ने बताए । ‘अहिले गर्मिमा सर्पहरु आफ्नो घरबाट बाहिर निस्कने भएकोले सतर्कता अपनाउनु पर्छ ।’ उनले भने ‘यदि कुनैपनि सर्पले टोकेपछि पहिला त टोकेको भागको ठिक माथी कुनै डोरीले बाध्नु पर्छ र जतिसक्दो चाडो अस्पताल पुग्नु पर्छ ।’

उनले अगाडी भने ‘बच्चाहरुलाई सर्पले टोकेको रहेछ भने बच्चाको पेट दुख्छ । तर हामी पेट त दुखेको हो भनेर हेला गर्छौ । त्यसैले बच्चाहरुको अचानक पेट दुख्यो भनेपनि ढिलो नगरि अस्पताल ल्याउनु पर्छ ।’

ताजा समाचार