भीमदत्तको मतगणना स्थगितः दिउँसो १ बजे पुनः सर्वदलिय बैठक बस्दै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबार दिउँसो १२ बजेबाट रोकिएको मतगणना अझै शुरु हुन सकेको छैन ।

वडा नम्बर २ को मतगणनाको क्रममा एक सय मतपत्र भनि खोलिएको पोकामा एक सय २० मतपत्र भेटिएको भन्दै विवाद हुदाँ मतगणना रोकिएको थियो ।

सो विषयमा छलफल गर्न दुई पटक सर्वदलिय बैठक बसिसकेको छ । यद्यपी सहमती जुट्न सकेको छैन । आज (सोमबार) दिउँसो १ बजे पुनः सर्वदलिय बैठक बस्ने प्रमुख निर्वाचन अधिकृत मदन धामीले बताए ।

‘मतमेटिका सिल,बन्द हुन्छ र त्यो मतपेटी उहाँहरुकै (उम्मेद्धवार वा प्रतिनिधि) अगाडी खुल्ने हो । मतपेटिका फुटेटुटेको पनि छैन ।’ उनले भने ‘अब मत काउन्ट गर्नेबेला एताको उता परेर बोल्दा नम्बरमा त्रृटि भएको ।’

नेपाली काँग्रेस बाहेकका दलहरुले भीनपा–२ मा पुनः निर्वाचन गर्नुपर्ने अडानमा छन् । भीमदत्तमा काँग्रेसका मेयर,उपमेयर र वडा नम्बर २ का वडाध्यक्ष भारी मतान्तरले लिड गरिरहेका थिए ।

ताजा समाचार