श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आर्ईपिओ जारी गर्दै

महेन्द्रनगर । श्रृजनशील लघुवित्त वित्तीय संस्था २०७५ सालमा स्थापना भएको राष्ट्रिय स्तरको ‘घ’ वर्गको वित्तीय संस्था हो ।

यो संस्थाको आईपियो जारी गर्न धितोपत्र बोर्डसँग अनुमती मागेको छ । उक्त सेयर जारी गरेसँगै कम्पनीको पुजीँ ३ करोड ९३ लाख रुपैँयाले वृद्धि हुनेछ ।

कम्पनीको आईपियो निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुत्त गरिएको छ । कम्पनी ऐन २०६३ अन्तर्गत वि.सं २०७५ मा नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको हो ।

यसले नेपाल राष्ट्र बैंकबाट २०७५ सालमा ‘घ’ वर्गको संस्थागत इजाजतपत्र पाएको हो । संस्थाले ३ लाख ९३ हजार ७५० कित्ता सेयर जारी गर्न अनुमती मागेको हो ।

ताजा समाचार