भीमदत्तको मेयरमा काँग्रेसका बोगटी १४३२,उपमेयरमा लेखक २२१ मतले अगाडी,अरुले कति पाए ?

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ । मेयरमा काँग्रेसका पदम बोगटी १४३२ मतले अगाडी छन् ।

अहिले वडा नम्बर ३,४,१८,१९ को मत गणना भइरहेको छ । उनले मतगणना भइरहेका सबै वडामा लिड गरिरहेका छन् । बोगटीले वडा नम्बर १ बाट ६८७ मत,वडा नम्बर ३ बाट १७९० मत गणना हुदाँ ७२५ मत,वडा नम्बर १८ बाट ९५५ मतगणना हुदाँ २५२ मत, वडा नम्बर ४ बाट ६०० मतगणना हुदाँ २९४ मत र वडा नम्बर १९ बाट १५०० मतगणना हुदाँ ४७८ मत गरि २४३६ मत प्राप्त गरेका छन् ।

बोगटीलाई राप्रपाका गजेन्द्र चन्दले १००४ मतले पछ्याइरहेका छन् । यस्तै एमालेका महेश पन्तले ९१९,नेकपा एकिकृत समाजवादीका राजेन्द्र पाण्डेयले ८२० मत पाएका छन् ।

भीमदत्तको उपमेयरमा पनि काँग्रेसकी निलम लेखक जोशीले अग्रता कायम राखेकी छन् ।

उनले १८४२ मत पाएकी छन् । उनलाई पछ्याइरहेका माओवादीका कृष्णदत्त जोशी (बोक्सर) २२१ मतले पछाडी छन् । बोक्सरले १६२१ मत प्राप्त गरेका छन् । यस्तै एमालेकी भुवन कुवँरले १०२३ मत, राप्रपाकी हेलन श्रेष्ठले ८१० मत पाएकी छन् ।

कुन वडाबाट कसले कति मत पाए ?

ताजा समाचार