नेपाली पुलिस क्लबकी उषा र कामनाले माल्दिभ्समा भलिबल लिग खेल्ने

महेन्द्रनगर । नेपाल पुलिस क्लबबाट भलिबल खेल्दै आएका नेपाली राष्ट्रिय महिला भलिबल टिमका दुई खेलाडी उषा भण्डारी र कामना बिष्ट माल्दिभ्स भलिबल एसोसिएसियन कप २०२२ खेल्न मंगलबार माल्दिभ्सको माले पस्थान गरिसकेका छन् ।

नेपाली पुलिस क्लबकी सहायक प्रशिक्षक तथा राष्ट्रिय टिमका पुर्व खेलाडी कोपिला उप्रेदीले दुवै खेलाडीका लागि समन्वय गरेकी थिइन् । कोपिलाले समेत यसअघि २०१५ देखि २०१७ सम्म माल्दिभ्समा लिग खेलिसकेकी छन् । उषा र कामना भने पुलिसको मुख्य खेलाडीको रुपमा उदाएका छन् यिनीहरु दुवै स्पाइकर हुन् । दुवै राष्ट्रिय टिम बाट खेलिसकेकी छन् ।

नेपालको गत बर्ष बंगलादेशमा एसियन सेन्ट्रल जोन च्यालेन्ज काप जित्दा दुवै खेलाडी टिममा थिए । मालेमा हुने प्रतियोगिता यहि मे १९ देखि ३१ सम्म संचानल हुनेछ भने कुल १० टिमले प्रतिस्पर्धा गर्नेछन । उषा र कामनाको हवाई टिकट लगायत खर्च सम्बन्धित क्लबले नै बेहोर्ने छ । त्यस बाहेक उनीहरुले पकेट मनि स्वरुप करीब८ सय डलर प्राप्त गर्नेछन दुवै खेलाडीले नेपाली भलिबल संघ र पुलिश्को स्वीकिर्ति लियर खेल्न गाएका हुन् ।

ताजा समाचार