मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु


महेन्द्रनगर ।
मंगलबार राती १० बजेतिर ललितपुरको ग्वार्कोस्थित नमस्ते पेट्रोलपम्प नजिकै मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ ।

ललितपुरकै नख्खुमा बसोबास गर्ने ४२ वर्षीय मोटरसाइकलका चालक देवबहादुर थापा कोटेश्रृरबाट ग्वार्कोतर्फ आइरहेको बाग्मती प्रदेश ०२–०२३ प ०४९२ नम्बरको बुलेट मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ३८ वर्षीय पुरुको बीएण्डबी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

चालक थापालाई थप अनुसन्धानको लागी महानरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ । मृतकको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएका छन् ।

ताजा समाचार