भीनपा–५ मा काँग्रेसका अवस्थीको प्यानल विजयी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकावडा नम्बर ५ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेद्धवार पदमराज अवस्थीको प्यानलै भारी मतले विजयी भएको छ ।

वडाध्यक्ष्यमा निर्वाचित अवस्थीले ७८६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेद्धवारले ५९० मत पाए भने माओवादीका उम्मेद्धवारले १६ मत, नेकपा एकिकृत समाजवादीका उम्मेद्धवारले २५० र राप्रपाका उम्मेद्धवारले ८७ मत मात्रै पाएका छन् ।

यस्तै वडा सदस्यमा समेत नेपाली काँग्रेसका उम्मेद्धवार भारी मतले विजयी भएका छन् ।

ताजा समाचार