जनता नै मालिक हुन्ः प्रधानमन्त्री देउवा

महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले जनताका आवश्यकता र चाहाना अनुरुप काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार कञ्चनपुर पुगेका प्रधानमन्त्री देउवाले नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा त्यसो भनेका हुन् । प्रधानमन्त्री देउवाले जिल्लाका नव निर्वाचित जनप्रतिनिधिलाई बधाई दिदैँ उनिहरुलाई जनताको चाहाना अनुसार काम गर्न निर्देशन समेत दिएका छन् ।

‘तपाईहरुलाई जनताले विश्वास गरेर निर्वाचित गराएका छन् ।’ प्रधानमन्त्री देउवाले भने ‘जनता नै मालिक हुन्,त्यसैले उहाँहरुको चहाना र आवश्यकता अनुरुप काम गर्नु पर्छ ।’

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एव्म पूर्वमन्त्री एनपी साउँदले नवनिर्वाचित जनप्रतिनिधिहरुले ५ वर्ष जनताको सेवक भएर काम गर्नुपर्ने बताए । ‘जनताले आफ्ना समस्या समाधान गर्छन भनेर अहिले तपाईहरुलाई जिताएका छन् ।’ उनले भने ‘त्यसैले अबको यो ५ वर्ष जनताको सेवक भएर काम गर्नु होला ।’

यस्तै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिदैँ जिल्लाको समग्र विकासका लागि काम गर्न आग्रह गरे । ‘जिल्लाको समग्र विकासका लागि तपाईहरु काम गर्नुहोस् ।’ उनले भने ‘हाम्रो साथ सहयोग समेत तपाईहरुलाई रहन्छ ।’

नेपाली काँग्रेस कञ्चनपुरका सभापति एवम् भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संचालन नेपाली काङ्ग्रेस कञ्चनपुरका सचीव भीम भट्टले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री डा.रण बहादुर रावल,सामाजिक विकास मन्त्रि गोबिन्द राज बोहरा, केन्द्रिय सदस्य यज्ञराज जोशी, संविधान सभा सदस्य बहादुर सिंह थापा,दिवान सिंह विष्ट,जिल्ला उपसभापती मीन बहादुर सिंह लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार