लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरूरी छ: प्रधानमन्त्री देउवा

‘मुलुकको प्रजातन्त्र र राष्ट्रियताको सम्बर्द्धन गर्न नेपाल प्रेस युनियनको भूमिका अपरिहार्य हुन्छ,’ उनले भने।

युनियनको महाधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा अनिता विन्दु र संस्थापनइतर पक्षबाट शिव लम्साल उम्मेदवार छन्। उनीहरूले प्यानल नै बनाएका छन्। महाधिवेशन शनिबारसम्म चल्नेछ।

युनियनले ९ वर्षअघि पोखरामा महाधिवेशन गरेपछि महाधिवेशन गर्न सकेको थिएन। चार पटक स्थगित महाधिवेशन अहिले गरिएको हो। महाधिवेशनमा करिब १६५० प्रतिनिधि सहभागी छन्।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरूरी रहेको बताएका छन्।

कांग्रेसको शुभेच्छुक संस्था, नेपाल प्रेस युनियनको नवौं महाधिवेशनलाई मकवानपुरको हेटौंमा आज उद्घाटन गर्दै देउवाले सत्यतथ्य सूचनाले मुलुकको विकासमा सहयोग गर्न पनि बताए।

‘लोकतन्त्र बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ। लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति हामी प्रतिबद्ध छौं। सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ,’ प्रधानमन्त्री देउवाले भने।

प्रधानमन्त्री देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सरकार दृढ रहेको उनको भनाइ थियो।

देश र जनताप्रति उत्तरदायी बहन गर्दै पत्रकारले सत्य र निष्ठ समाचारलाई जनतासामु सम्प्रेषण गर्नुपर्ने उनले बताए।

ताजा समाचार