अर्थ मन्त्रालयको सिसिटिभी फुटेज एक घण्टामा रिकभर गर्न सक्छु : लामिछाने

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्थ मन्त्रालयमा डिलिट भएको भनिएको सिसिटिभी फुटेज आफु रिकभर गर्न सक्ने बताएका छन् ।

आज धनगढीमा आयोजित प्रदेश स्तरिय भेलालाई सम्बोधन गदै लामिछानेले सो सिसिटिभी फुटेज एक घण्टामै रिकभर गर्ने दाबी गरेका हुन् ।

म ‘चुनौतीका साथ भन्छु, मलाई एक घण्टा सिहँ दरभार गएर अर्थमन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस्।’, उनले भने, ‘कस्तो चाहिन्छ रिकभर गरेर सर्वसाधारणलाई देखाउन सकिनँ भने भन्नुहोला ।

’लामिछानेले प्रमुख प्रतिपक्षी एमालेले एम अधिकारीसँग सिसिटिभी फुटेज हराएको विषय साटेको आरोप पनि लगाए। एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर रहेको भन्दै कांग्रेस र माओवादीले उनको राजीनामा मागेका थिए। तर अहिले यो विषय पनि सेलाएको छ ।

ताजा समाचार