क्षेत्र ३(क) बाट एमाले–राप्रपा गठबन्धनका साझा उम्मेदवार विष्ट जनतासंग आर्शिरवाद लिदै

महेन्द्रनगर । आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि दलहरु चुनावी मैदानमा होमिएका बेला निर्वाचन क्षेत्र ३(क)बाट एमाले–राप्रपा गठबन्धनका साझा उम्मेदवार सुरेन्द्र विष्ट जनतासंग आर्शिरवाद लिदै छन । 

कञ्चनपुर निर्वाचन क्षेत्र ३(क) बाट एमाले–राप्रपा गठबन्धनका साझा उम्मेदवार विष्ट जनतासंग आर्शिरवाद लिदै छन ।

एमाले कञ्चनपुरका अध्यक्ष एव निर्वतमान भीमदत्त नगरका मेयर समेत रहेका प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले प्रत्यक्ष जनताकै घरदैलोमा पुगेर जनताका कुरा सुन्दै आर्शिरवाद लिनेदेखि जनताका सुझा संकलन सुनिरहेका छन ।

प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले आफ्नो निर्वाचन क्षेत्रका जनताको भावना, समस्या, चाहना, अपेक्षा अध्ययन गर्ने सोही अनुरुप मत मागिरहेका छन ।

यस अघि भीमदत्त नगरको नेतृत्व गरेका बेला गरेको विकास निर्माणको ह्दयगमन गर्दै जनताले विष्टलाई प्रदेश तर्फको यात्राका लागि विष्टलाई अग्रिम बधाई तथा शुभकामना दिईरहेका छन ।

एमालेबाट एकल सिफारिस भएका विष्टको पक्षमा राप्रपा, एमाले चुनावी मैदामा खटिएका छन ।

ताजा समाचार