क्षेत्र १ प्रतिनिधी सभा सदस्य स्वतन्त्र उम्मेदवार एमाले नेता सुवेदीका ३२ बुँदे घोषणा पत्र सार्वजनिक

महेन्द्रनगर। आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट एमाले प्रभावशाली नेता खेम सुवेदीले ३२ बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन ।

एमाले उक्त क्षेत्रका प्रभावशाली पुराना नेता समेत रहेका स्वतन्त्र उम्मेदवार सुवेदीले क्षेत्रको विकासका लागि ३२ बुँदे घोषणा पत्र सार्वजनिक गरेका हुन ।

माछा चुनाव चिन्ह पाएका संघका स्वतन्त्र उम्मेदवार सुवेदीले बेलौरी भन्सार संचालनदेखि, आदिवासी थारु समुदायलाई आत्मनिर्भर बनाउने एजेण्डा अघि सारेका छन । लामो समयदेखि स्तरबृद्धि हुन नसकेको बेलौरी भन्सारलाई स्तरबृद्धि गर्दै क्षेत्र १ पुनर्वास, लालझाडी, बेलौरी र बेलडाँडीमा रहेका आदिवासी जनजाति ,थारु समुदायको हक अधिकारका व्यवहारिक कार्यान्वय गराउँदै आत्मनिर्भर बनाउनका लागि होमेष्टदेखिका कार्यक्रम संचालन गर्ने एजेण्डा अघि सारेका छन ।

निर्वाचन क्षेत्र १बाट एमालेले उनलाई टिकटका लागि सिफारिस गरेपनि टिकट नपाएपछि उनी आफ्नै पाटीका उम्मेदवार तारालामा तामाङ्ग बिरुद्धमा बागी उम्मेदवारी दिएर चुनावमा होमिएका छन । कति एकै मान्छेले कहिले प्रदेश, कहिले संघ पाउने भन्दै सुवेदी स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका बताएका छन ।

सुवेदी ०५१देखि निरन्तर ०७९सम्म जिल्लाबाट सिफारिस हुने तर अन्तिममा टिकट नपाउने भएपछि यस पटक कम्मर कसेर आफै मैदानमा उत्रिएका हुन । उनलाई एमाले एक पक्षको साथ सार्मथन रहेको छ । एमाले नेता सुवेदीले ल्याएको आफ्नो घोषण पत्र यस्तो छ ।

ताजा समाचार