जनताका समस्या सामाधानका लागि सधै आवाज उठाइरहने छु – भट्ट


महेन्द्रनगर। नेकपा एमालेका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं। १ को प्रदेशसभा ९२० का उम्मेदवार पल्लवराज भट्टले आफ्नो पक्षमा जनमत रहेको बताएका छन्।

बेलौरी नगरपालिका–१० मा वडा भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मैले यहाँका जनताको समस्याबारेमा आवाज उठाउँदै आएको छु, आफूले जिते वा नजिते पनि समस्या सामाधानका लागि सधै आवाज उठाइरहने छु।’

जनताको सुखदुःखमा सँगसँगै रहने उनको भनाई छ। ‘म यही क्षेत्रको बासिन्दा हुँ, यहाँका जनताका सुख दुःखमा सँगसँगै रहेको छु,’ उनले भने, ‘मैले यो क्षेत्रमा काम गरेको छु र त्यहीँ कामका आधारमा भोट दिनुहोला।’

सीमा समस्या समाधान गर्दै सीमा क्षेत्रमा पूर्वाधार निर्माण, खेलकुद मैदान, बेलौरी छोटी भन्सारको स्तरोन्नती, आरक्षपीडितको समस्या समाधान, कृषिमा आधुनिकरण, युवालाई उद्यमशिल बनाउने, नदी कटानी रोकथाम लगायत भट्टका चुनावी एजेण्डा छन्।

ताजा समाचार