दार्चुलामा ओलीको स्वागत
फोटो फिचर


महेन्द्रनगर। नेकपा ९एमाले० ले आजदेखि दार्चुलाबाट देशव्यापी चुनावी अभियानको सुरुवात गरिरहेको छ।

दार्चुलाको खलंगामा आयोजित पहिलो चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली अबको केही बेरमै यहाँ पुग्ने भएका छन्।

ओलीलाई सुन्न र हेर्नका लागि जिल्लाका विभिन्न ठाउँबाट सर्बसाधारण खलंगाको खुल्लामञ्चमा पुग्दै छन्। अध्यक्ष ओली ११ बजे आउने कार्यक्रम तय भएको थियो। तर, धनगढीमा कार्यकर्ता भेटघाटमा समय लागेपछि केही ढिला भएको एमाले दार्चुलाले जनाएको छ।

नेकपा एमाले दार्चुलाले सदरमुकाम खलंगालाई सजाएको छ। खलंगाका मुख्य प्रवेशद्वार तथा कार्यक्रम स्थलमा झण्डा र व्यानरले सजाइएको हो।

पहिलो पटक दार्चुलाबाट सुरु भइरहेको चुनावी सभालाई आकर्षक बनाउन आवश्यक तयारी पूरा गरिएको एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिए।

‘चुनावी सभामा भाग लिन गाउँगाउँबाट जनमानस खलंगा पुगिसकेका छन्,’ उनले भने, ‘अध्यक्ष ज्यू प्रधानमन्त्री हुँदा चुच्चे नक्सामा समेटिएको ठाउँ दार्चुलाबाट चुनावी अभियान सुरु गरेर एमालेले राष्ट्रियताको पक्षमा आफू मात्र रहेको सन्देश प्रवाह गर्दैछ।’

कार्यकर्ता र सर्बसाधारण ओलीको भाषण सुन्न कार्यक्रम स्थलतर्फ आउने क्रम जारी छ। खुल्लामञ्च झण्डै भरिएको एक कार्यकर्ताले बताए।

चुनावी अभियानको शुभारम्भ गर्न बिहीबार राति १० बजे श्रीएयरलाइन्सको विमानबाट ओली धनगढी आएका थिए। उनी हेलिकोप्टरमार्फत दार्चुला आउन लागेका छन्।

ताजा समाचार