बृहत चौथो प्रदेश क्लब स्तरीय फुटबल प्रतियोगिता: महिला तर्फ मनकामना च्याम्पियन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा सञ्चालन भैरहेको चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को महिला तर्फ मनकामना युवा क्लब र गौरीगंगा -११ क्लब मनकामना युवा क्लब च्याम्पियन बनेको छ।

शुक्रबार चौथो प्रदेश क्लब स्तरीय महिला /पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ को उपाधिका लागि महिला तर्फ मनकामना युवा क्लब र गौरीगंगा -११ क्लब बिच प्रतिस्पर्धात्मक खेल भएको थियो।

उक्त खेल गोलरहित बराबरमा सकिएपछि पेनाल्टी सुट आउटमा ३-२ गोलको अन्तरले गौरीगंगा -११ लाई हराउदै उपाधी हात पारेको हो।यसैगरी उक्त दिन पुरुष तर्फ फाइनल यात्राका लागि भएको दोस्रो सेमिफाइनलको खेलमा निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरि खेलेपछी छिनोफानो पेनाल्टी सुट आउट बाट भएको थियो।

जसमा स्टार सिटि क्लब लाई ५-४ गोलको अन्तरले हराउदै पिएफए अत्तरीयाले आफ्नो फाइनलको यात्रा पक्का गरेको छ। नव:बुद्ध युवा क्लब संग उपाधी रक्षाका लागि कार्तिक २१ गते प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगिताको भेट्रान तर्फ मनकामना युवा क्लबले उपाधिका लागी डिफेन्डिङ च्याम्पियन कैलारी गाउँपालिका संग आज सोमबार प्रतिस्पर्धा गर्नेछ।

मनकामना युवा क्लबको कैलारी गाउँपालिका संग फाइनलमा हेटटु हेट उपाधीका लागि यो तेस्रो भेट हो। कैलारीले दुई पटक उपाधी हात पारिसकेको छ । भने मनकामना क्लब उपाधी रक्षाका लागि भिड्नेछ।खेलकुद क्षेत्रको बिकास र खेलाडी उत्पादनको लागि सुप प्रदेशको नमुना को रुपमा रहेको मनकामना युवा क्लब धनगढी उपमहानगरपालिका वडा न.१२ जुगेडाले ” स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद ,समाजको लागि खेलकुद” भन्ने मुल नाराका साथ कार्तिक १५ गते देखि चौथो प्रदेश क्लब स्तरीय महिला / पुरुष तथा भेट्रान फुटबल प्रतियोगिता २०७९ संचालन भएको थियो। उक्त प्रतियोगिताको कार्तिक २१ गते मनकामना युवा क्लबको खेलमैदानमा पुरुष फुटबल फाइनल खेल संगै समापन हुने छ।

मनकामना युवा क्लबका अध्यक्ष कृष्ण राज पाण्डेले बताउनु भयो।उनका अनुसार , ‘प्रतियोगिता समापनको लागि हामी अब अन्तिम तिर पुगिसकेका छौँ ।’प्रतियोगितामा १८ क्लबको सहभागिता रहेको छ। जसमा पुरुष युवा क्लब तर्फ स्टार सिटि युथ क्लब धनगढी ,हिमाल फ्रेन्डस क्लब , पीएफए स्पोर्ट्स क्लब ,फुलबारी -११ , नव: बुद्ध युवा क्लब ,डोटी फुटबल टिम, रिभर साइड क्लब र मनकामना युवा क्लब जुगेडा गरि आठ टिम रहेका छन् ।

यसैगरी भेट्रान फुटबल तर्फ कैलारी गाउँपालिका भेट्रान ,पुनर्वास नगरपालिका भेट्रान ,रोयल गोर्खाज स्पोर्ट्स सर्कल ,बोराडाँडि भेट्रान , पिएफए स्पोर्ट्स भेट्रान टिम गरि ६ क्लब र महिला फुटबल तर्फ ४ क्लबको सहभागिता रहेको छ। जसमा मनकामना युथ क्लब , कालिका युवा क्लब , रोयल गोर्खा स्पोर्ट्स सर्कल र गौरीगंगा -११ क्लबको सहभागिता रहेको छ।

मनकामना युवा क्लबले प्रतियोगिताको आयोजना ,संरक्षकहरु कैलाली जिल्ला फुटबल संघ ,सुदूरपश्चिम प्रदेश फुटबल संघ ,सुदूरपश्चिम प्रदेश खेलकुद परिषद र प्रवर्द्धक धनगढी उपमहानगरपालिका कार्यालय र वडा न.१२ वडा कार्यालय धनगढी रहेका छन् ।

कैलाली जिल्ला फुटबल संघका निवर्तमान कोषाध्यक्ष एवं मनकामना युवा क्लबका निवर्तमान अध्यक्ष डबल बहादुर थापाले बताउनुभयो । प्रतियोगितामा पुरुष तर्फ विजेता हुने टिमले १ लाख १ हजार, उपविजेता टिमले ५१ हजार १ सय , महिला समुह तर्फ विजेता टिमले ५० हजार ,उपविजेता टिमले ३५ हजार ट्रफी ,प्रमाणपत्र र मेडल हात पार्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,अनुशासित टिमलाई समेत पुरस्कार को व्यवस्था रहेको छ।

यसैगरी प्रतियोगितामा भेट्रान तर्फ विजेता हुने टिमले ७१ हजार र उपविजेताले ३५ हजार हात पार्ने छन् । भने उक्त विधा समूह भेट्रान फुटबलमा उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता ,अनुशासित टिमलाई समेत पुरस्कार राशी को व्यवस्था रहेको छ।

ताजा समाचार