महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ का प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार निरुदेवी पालले आफुलाई विकासवादी नेता भन्नेहरुले अरुलाई अवसर नदिएर आफै मात्र पार्टीमा राज गर्दै आएको उनको आरोप छ ।
आफूलाई विकासवादी भन्ने नेताहरुको पार्टीमा एक जना पनि महिला उम्मेदवार नभएकोमा कटाक्ष गर्दै महिला नेता छैनन् कि भनेर प्रश्न सोधेकी छन् ।
दोधारा चाँदनी नगरपालिका ७ कञ्चनभोजमा नेकपा एमालेमा प्रबेश गर्ने लर्कोलाई देखेर हौसिएका उम्मेदवार पालले २०५६ देखि काँग्रेंसमा एउटै व्यक्तिले उम्मेदवारी दिदै आएको भन्दै काँग्रेंसमा एउटा पनि महिला उम्मेदवार हुन लायक महिला नभएको हो कि, भन्ने प्रश्न गरेका छन् ।
महाकाली पक्की पुल लगाएत दोधारा चा“दनी नगरपालिकामा निमार्ण भएको सबै भौतिक निमार्णहरु आफै गरेको भन्द्र जनतामा भ्रम श्रजना गर्दै भोट फकाउन हिड्ने झुटो विकासवादी नेताहरुलाई अब आउदो मंसिर ४ गतेको निर्वाचनमा छर्लङ्ग हुने उम्मेदवार निरु पालले बताइन् ।
एमाले श्रमजिवीको पार्टी भएको हुँदा दोधारा चाँदनी नगरपालिकाको शिक्षा, स्वास्थ्य, भौतिक निमार्ण लगायतमा एमालेले ठुलो पहल रहेको उनको भनाई छ ।
स्वास्थ्य, शिक्षा, भौतिक निमार्णमा एमालेले दोधारा चाँदनी नगरपालिकाका गरेको उल्लेख गर्दै उनले मंसिर ४ गते देशमा एमालेको सरकार आएपछि नयाँ नेपाल निर्माणसंगै समृद्ध नेपाल निमार्ण हुनेमा जनता ढुक्क हुन समेत आग्रह गरेकी छन् ।
दोधारा चाँदनी नगरपालिका ७ कञ्चनभोजमा आयोजित मतदातासंग भेटघाट कार्यक्रममा उम्मेदवार पालसंगै कञ्चनपुर क्षेत्र नं। ३ ९ख० प्रदेश सभा उम्मेदवार सुरेन्द्र विष्ट, एमाले जिल्ला कमिटी सदस्य गगन खत्री, हिरा थापा, वडा नं। ७ वडा कमिटि अध्यक्ष उत्तम सुनार लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।
कार्यक्रममा कञ्चनभोजमा २ सय भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेंस, नेकपा माओबादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका थिए ।
नव प्रबेशिका नेकपा एमालेका कार्यकर्ताहरुलाई नेकपा एमालेका कञ्चपुर क्षेत्र नं। ३ प्रतिनिधी सभाका उम्मेदवार, कञ्चनपुर क्षेत्र नं। ३ ९ख० प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्टले फुलमालाले स्वागत गरेका छन् ।