राप्रपाका वडा सदस्य उम्मेदवार भट्ट समाजवादीमा प्रवेश

महेन्द्रनगर। निर्वाचन नजिकिदै गर्दा कंचनपुरमा रास्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावसाली नेता पुरुसोत्तम भट्टले पार्टी परित्याग गरेका छन्।

स्थानीय तहको निर्वाचनमा रास्ट्रिय प्रजातन्त्र पार्टी बाट भीमदत्त नगरपालिका वडा न. १० वडा सदस्य पदमा चुनाव लडेका पुरुसोत्तम भट्ट पार्टी परित्याग गरि नेकपा एकिकृत समाजवादी पार्टीमा समाबेस भएका छन्।

उनले भने ‘पार्टी आफ्नो शिद्धान्त विपरित गैरहेको हुदा मैले पति परित्याग गरेको हु।’

विहिबार बिहान नेकपा एकिकृत समाजवादीका जिल्ला सह-इन्चार्ज एवं प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाश रावलले उनलाई टिका तथा खादा लगाई पार्टी प्रवेश गराएका हुन् ।

स्थानीय तहको चुनावमा उनि राप्रपा बाट सदस्य पदका प्रत्यासी रही ८०१ मत प्राप्त गरेका थिए।

ताजा समाचार