कञ्चनपुरलाई तीन वटा देशको बीचमा आर्थिक, पर्यटकीय र व्यापारिक नाकाका रुपमा विकास गर्ने : लेखक


महेन्द्रनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंवम् पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुरलाई नेपाल–भारत र चिनको आर्थिक, पर्यटकीय, धार्मिक र व्यापारिक नाकाका रुपमा विकास गर्न प्रतिवद्धता जनाएका छन् ।

‘क्षेत्र नं। ३ प्रतिनिधि सभातर्फ सत्तारुढ गठबन्धनको साझा उम्मेदवार समेत रहेका लेखकले यो क्षेत्रलाई तीन वटा देशको बीचमा आर्थिक, पर्यटकीय, धार्मिक र व्यापारिक नाकाका रुपमा विकास गर्न सकिन्छ,’ उनले भने, कञ्चनपुरलाई त्रिदेशीय नाका रुपमा विकास गर्न सकिने बताए।

उनले भने, ‘महाकाली नदीमा पक्की पुल निर्माण, सुक्खा बन्दरगाह, महाकालीको किनारै किनार चिन जोड्ने सडक निर्माणको प्रक्रिया अगाडि बढेको छ।’

यो क्षेत्रलाई आर्थिक हबका रुपमा विकास गरेर सुदूरपश्चिमको समृद्धिमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे। तर स्थितर सरकार नहुँदा यी योजना निर्माणमा ढिलाइ भइरहेको लेखकले बताए।

‘समृद्धि र विकासको पूर्वसर्त भनेको राजनीतिक स्थिरता हो, जबसम्म राजनीतिक पद्धति स्थिर हुदैन, तबसम्म विकास र समृद्धिको गति अगाडि बढ्न सक्दैन,’ उनले भने।

ताजा समाचार