एमाले उपाध्यक्ष भाट समाजवादीमा प्रवेश

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर। नेकपा एमाले भीमदत्त नगरपालिका १० का वडा कमिटि उपाध्यक्ष तथा नगर कमिटि सदस्य हेमन्त सिंह भाट नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन्।

शनिबार नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्यद्वय एवं सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मलिला मन्त्रि तथा कंचनपुर क्षेत्र नम्बर ३ ‘क’ बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाश रावलले अबिर र माला लगाएर पार्टी प्रवेश गराएका थिए।

नेकपा एमालेले पार्टीको शिद्धान्त विपरित राप्रपा सँग चुनावी तालमेल गरेकोले एमाले परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गरेको नेता भाटले बताए।

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थाई कमिटि सदस्य उर्बादत्त पन्त, केन्द्रिय सल्लाहकार परिषद सदस्य गणेश सिंह धामी, जिल्ला सचिव हरक सिंह धामी, जिल्ला उप-सचिव राजेन्द्र पाण्डेय, जिल्ला कमिटि सदस्य हिरा सिंह बिस्ट लगायतका नेता कार्यकर्ताहरुले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

spot_img

ताजा समाचार