भूकम्पले बझाङका एक सय घरमा क्षति


महेन्द्रनगर – शनिबार राति ८ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण बझाङका १०० घरमा क्षति पुर्याएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर गएको ५।४ रेक्टर स्केलको भूकम्पले १०० घरमा क्षति पुर्याएको हो ।

गाउँपालिकाभरिका करिब १०० घर भूकम्पका कारण चर्किएको र केही घर भत्किएको विवरण प्राप्त भएको बझाङका प्रमुख जिल्ला प्रहरी कार्यालयले बताए । भूकम्प आएपछि शनिबार राति स्थानीय त्रसित भएका थिए । उनीहरु डरले रातभर घर बाहिर आगो तापेर बसेरका थिए ।

यसैबीच प्रहरीले चर्किएका घर नबस्न अनुरोध गर्दै बझाङमा माइकिङ गरेको छ । चर्किएका घरमा जोखिम हुने भएकाले त्यस्ता घरमा नबस्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ताजा समाचार