डडेल्धुरामा ४६ जना कैदीबन्दीले मतदान गर्न पाउने


महेन्द्रनगर। डडेल्धुरा जिल्लामा ४६ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। डडेल्धुरा कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दी मध्ये ४६ जनाले मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन्।


कारागारमा १०१ पुरुष र ११ महिला गरी जम्मा ११२ जना कैदीबन्दी छन्। उनीहरुमध्ये अस्थायी मतदाता नामावलीमा नाम भएकाहरुले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सामानुपातिकतर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय डडेधुराका निर्वाचन अधिकृत करुणाकर ओझाले बताए। कैदीबन्दी लगायत क्रमचारीहरुलाई मतदान गर्न जिल्ला कारागारमा मतदान केन्द्र तोकिएको छ।

ताजा समाचार