क्षेत्र १ का जनता पुर्वमन्त्री बिना मगरप्रति आशावादी

महेन्द्रनगर । बाम लोकतान्त्रिक गठबन्धनले कञ्चनपुर क्षेत्र १मा प्रचारप्रसार चुनावी कार्यक्रम तिव्र पारेको छ । गठबन्धनले क्षेत्र १ का चारै पालिका, ३२ वडा, गाँउ टोल बस्तीहरुमा निरन्तर चुनावी कार्यक्रम तिव्र पारेको छ ।

गठबन्धनले उम्मेदवार सहित र उम्मेदवार रहित पनि चुनाव प्रचारप्रसार तिव्र पारेको छ । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ का निर्वाचन परिचालन मुल समिति संयोजक लोकेन्द्र लम्सालले क्षेत्रभरी युद्धस्तरमा प्रचारप्रसार भईरहेको बताए ।

‘हामी एक साथ क्षेत्रभरी प्रचारप्रसारमा होमिएका छौँ, ‘उनले भने, ‘जनताको अत्यन्तै साथसर्मथन पाईएको छ ।’ दैनिक अन्य पाटी परित्याग गरेर बाम लोकतान्त्रिक गठबन्धन काँग्रेस, माओवादीका नेता कार्यकर्ता प्रवेस गरिरहेको बताउँदै आम जनताले समेत हामीलाई साथ सर्मथन गरिरहेको लम्सालले बताए ।

बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार एव पुर्वमन्त्री बिना मगर, प्रदेश सभा सदस्यका उम्मेदवार दिवान सिह विष्ट, बन्धु राना सहित समानुपातिक उम्मेदवार गठबन्धन दलका नेता कार्यकर्ता निरन्तर खटिएका छन ।

‘प्रतिगमन परास्थ पार्नका लागि गठबन्धन दलसंगै नेता कार्यकर्ता पनि गठबन्धनकै साथमा छन, ‘उनले भने, ‘दिनप्रतिदिन जनसागर उर्लिएको छ, केही विपक्षीले अनेकन समुह परिचालन गरेर हाम्रो उम्मेदवार बिरुद्धमा दुष्प्रचारमा उत्रिएका छन, तर त्यो हामी र जनताले चिरिरहेका छौँ ।’ आफु केही गर्न नसक्ने अरुमाथि आरोपको भारी बोकाउने केही नेता कार्यकर्ता चुनावमा पराजित हुने डरले गठबन्धन बिरुद्धमा जनताले नपत्याउने भ्रम छरिरहेका छन ।

बाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार कार्यक्रममा जनता उर्लिएका छन । उम्मेदवार त्रयप्रति जनता आशावादी छन । सबैभन्दा बढि पुर्वमन्त्री बिना मगरप्रति आशावादी रहेका छन । यस अघि ०७४मा चुनाव जित्दा क्षेत्र र आम महिलाको गौरब बनेकी बिनालाई क्षेत्रको सम्बृद्धिका लागि जनताले आशा, भरोसा गरिरहेका छन ।

घरदैलो कार्यक्रममा पुनर्वास नगरका स्थानीय सहित महिलाले पुर्वमन्त्री मगरको साथ दिएका हुन । ०७० देखि निरन्तर बिना मगरले जितेपनि हारेपनि उनकै साथमा रहेको बताउदै महिलाहरुले अझैपनि मगरकै साथमा हुने विश्वास दिएका छन ।

बेलौरी नगरपालिका ८ कलकत्ताकी मनिसा रानाले बिना मगरले जिते क्षेत्रकै महिलाको सान हुने भएकाले आफुहरु त बिनाले जितेपनि हारेपनि बिना मगरकै साथमा हुने बताएकी छिन ।

‘यस क्षेत्रबाट बिना मगर जितेर मन्त्री भए हामीलाई व्यक्तगत केही नदिएपनि क्षेत्रकोविकास गरेकै छिन, ‘उनले भनिन, ‘बिनासंग व्यक्तिगत स्वार्थ लुटन गएका केही मान्छे अहिले रिसाएका पनि छन, त्यो सत्य हो, अहिले उनीसंगै क्षेत्रका महिला र जनताको अपार साथ सर्मथन छ ।

’पुनर्वास ३ आरईबिआरडीकी हरिना तामाङ्गले भव्य स्वागत गर्दै बिना मगर क्षेत्रकै गौरब भएको धारणा राखिन । ‘बिना मगर हाम्रो क्षेत्र मात्र होईन सुदूरपश्चिमकै गौरब हो, ‘उनले भनिन, ‘हामीलाई त केही दिएपनि नदिएपनि महिला भएका नाताले बिना मगरकै साथमा छौँ ।’ तामाङ्गले उस्तरी केही पार्टीहरु महिलाको उत्थानका लागि अनेकन कोरा भाषण छाड्दै आएको बताउदै जबकी महिलाको पीडा, उत्थानका लागि बाम लोकतान्त्रिक गठबन्धनले महिला उम्मेदबार नै अघि सारेपछि हामीले पछि किन पर्ने भन्दै आम महिलाबाट बिना मगरलाई मत दिन आब्हान गरिन ।

घरदैलो कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १की प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, १(क) प्रदेश सभा सदस्यका उम्मेदवार बन्धु राना, २(क) दिवान सिह विष्ट, काँग्रेस समानुपातिक उम्मेदवार चेमली तामाङ्ग, माओवादी समानुपातिक उम्मेदवार प्रेम सिह बोहरा, राम बहादुर देउकर(रक्तबिज), फुल्लन राना, दिपा चौधरी सहितका गठबन्धनका नेता कार्यकर्ताले जनपक्षीय काम गर्ने प्रतिज्ञा गरिरहेका छन ।

ताजा समाचार