५ वर्षमा दैजी-जोगबुडा सडक कालोपत्रे गर्न सकेन भने अर्को चुनावमा मलाई आफ्नो घरमा आउन नदिनुहोला: नेता साउँद

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रिय कार्यसम्पादन समिति सदस्य,पूर्वमन्त्री एवम् कञ्चनपुर क्षेत्र नं.२ सत्ता गठबन्धनका साझा उम्मेदवार एनपी साउँदले पाँच वर्षभित्र दैजी-जोगबुडा सडक कालोपत्रे गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।

“महेन्द्रनगर,दैजी बाट डडेल्धुरा लागाएतका पहाडी जिल्ला जान सबैभन्दा नजिकको बाटो दैजी-जोगबुडा सडक हो ।” चुनावी सभामा नेता साउँदले भने “तर त्यो सडक वर्षातमा बन्द भएको अवस्था छ । यदि दैजी-जोगबुडा सडक हामिले १२ महिना खोल्न सके अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, डोटि, दार्चुला बाट आउने बसहरु,मान्छेहरु सिदै यहाँ महेन्द्रनगर,दैजी आउने थिए ।”

उनले अगाडि भने ” त्यसकारण यो दैजी-जोगबुडा सडक ५ वर्षभित्र कालोपत्रे गरेर त्यो सडकबाट गाडी चडेर यहाँ आउन सकेन भने अर्को पटक चुनावमा तपाईहरु मलाई घरमा आउन नदिनु होला ।”

यस्तै नेता साउँदले आफू निर्वाचित भए भूमिहीन, सुकुम्बासीका समस्या, सिचाइको समस्या, बाढी, सडक लगाएतका समस्या समेत समाधान गर्ने प्रतिबद्धता जनाए ।

यस्तै उनले नेपाली काँग्रेसले हावा आश्वासन,गफ दिएर भोट नमाग्ने बताएका छन् । ‘ काँग्रेसले केपी ओली,एमाले जस्तो हावा आश्वासन,गफ दिएर जनतासंग भोट माग्दैन ।’ उनले भने ‘ ओली कमरेडले भन्नुहुन्थ्यो घरघरमा ग्यास पाइप पु¥याउछौँ,पानी जहाज ल्याउछौँ,चाइनाबाट रेल ल्याउछौँ भनेर, खै ? कहाँ छन् रेल,पानीजहाज,ग्यास पाइप ।’ उनले अगाडी थपे ‘ त्यसैले काँग्रेस काम गर्छ । र काम गरेको आधारमा मात्र भोट माग्छ ।’ 

ताजा समाचार