रमेश लेखक जसले महाकालीमा पुल बनाए,दोधारा चाँदनीवासीलाई नेपाली भएको अनुभुती दिलाए

महेन्द्रनगर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका वडा नम्बर ६ का दलजित पुन अहिले ८३ वर्षका भए । यद्यपी उनले नेपाली भएको अनुभुती गरेको भने १७ वर्ष मात्रै भयो । झण्डै दुई दशक अघि नेपाल पारिको क्षेत्र भनेर समेत चिनिने दोधारा–चाँदनी जिल्ला सदमुकाम महेन्द्रनगर संग समेत जोडिएको थिएन ।

भौगोलिक रुपले विकट महाकाली नदी पारीका दोधारा चादँनीबासी त्यो बेला सम्पूर्ण रुपले भारत संग निर्भर थिए । दोधारा–चाँदनीबासीलाई जिल्ला सदमुकाम महेन्द्रनगर आउनजान भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो  । यस्तै सो क्षेत्रमा प्राय भारतिय मुद्राको कारोबार हुने गथ्र्यो ।

२०५८ सालमा तत्कालिन जनप्रतिनिधी रमेश लेखकको विशेष पहलमा दोधारा चादँनी जोड्ने झोलुङ्गे पुल बनेपछि दोधारा–चाँदनी सदरमुकाम महेन्द्रनगर एवम् मुलधारसंग जोडियो ।

‘म अहिले ८३ वर्षको भए ।’ दलजितले भने ‘ आज भन्दा १७/१८ वर्ष पहिला हामी दोधारा–चादाँनीवासीलाई नेपाली भएको अनुभुती हुन्थ्योन ।’ उनले अगाडी भने ‘जब २०६१ सालमा महाकाली नदिमा तत्कालिन जनप्रतिनिधि रमेश लेखकको सक्रियताले झोलुङ्गे पुल निर्माण भयो र जिल्ला सदमुकामसंग जोडियौँ तब हामीलाई नेपाली भएको अनुभुती भयो ।’

महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै दोधारा–चाँदनीवासीका सुखःका दिन आएको दोधारा–चाँदनी नगरपालिकाका नगर उप–प्रमुख गंगा जोशीले बताइन् । ‘महाकाली नदिका झोलुङ्ग पुल निर्माण हुनुपूर्व यहाँका जनता भारत संग निर्भर थिए ।’ उपमेयर जोशीले भनिन् ‘हामी दोधारा–चाँदनीवासी जिल्ला सदरमुकाम महेन्द्रनगर जानपनि भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता थियो । समदमुकाम जादाँआउँदा दोधारा–चाँदनीवासीले भारतीय सुरक्षाकर्मीको अनावश्यक तनाव झेल्नुपर्ने, गुण्डा लाग्ने, लुटिने, महिलामाथी विभिन्न शोषण हुने गर्दथ्यो ।’

उनले अगाडी भनिन् ‘जब महाकालीमा झोलुङ्ग पुल निर्माण भयो हामी जिल्ला सदरमुकाम संग जोडिँयौ र हाम्रा अधिकांस दुःख हराए ।’ महाकालीमा झोलुङ्ग पुल निर्माण भए पश्चात पैदलयात्रु र दुईपाङ्ग्रे सवारीसाधनको आवागमनमा सहज भएपनि चारपाङ्ग्रे सवारीसाधन दोधारा–चाँदनी ल्याउन लैजान अझै भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो ।

यद्यपी २०७० सालको संविधानसभा निर्वाचनमा रमेश लेखक पुनः निर्वाचित भए लगत्तै भौतिक पूर्वाधार विकास मन्त्री हुदाँ उनको सक्रियताले महाकाली नदिमा चार लेनको पक्कि पुलको टेण्डर आव्हान भयो ।

२०७४ सालमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले शिलान्यास गरेको उक्त चार लेनको पक्कि पुलको काम अन्तिम चरणमा पुगेको छ । सो पुलको उद्धघाटन नभएपनि अहिले अस्थाई रुपमा दोधारा–चाँदनी ढुक्कसंग आवतजावत भइरहेको छ ।

‘महाकालीमा झोलुङ्ग पुल निर्माण भएपछि हामीलाई पैदल र दुईपाङ्ग्रे सवारीसाधन मार्फत सदरमुकाम आवागमनमा सजिलो भयो र मुलधारसंग जोडिँदा हामीेलाई नेपाली भएको अनुभुती समेत भयो ।’ दोधारा–चाँदनी नगरपालिका–६ का बुद्धिलाल श्रेष्ठले भने ‘तर चारपाङ्ग्रे सवारी साधान आवागमनका लागि अझै भारतको भरपर्नु पर्ने अवस्था थियो । यहाँबाट एम्बुलेन्समा विरामी लैजान, विभिन्न सर–सामान ल्याउन, लैजान भारतको शारदा ब्यारेजको बाटो प्रयोग गर्नुपर्ने बाध्यता भने यथावत नै थियो ।’

उनले अगाडी भने ‘तर अहिले महाकालीमा चार लेनको पक्कि पुल बनेपछि हामीले भारतिय बाटो प्रयोग गर्नुपर्ने बाध्यता समेत हटेको छ ।’ दोधारा–चाँदनी–१० की झुपु सुनारले महाकालीमा पुल निर्माणपछि धेरै सहज भएको बताइन् । ‘यो महाकालीमा पुल नहुदाँ हामीलाई हामी नेपाली होइन की के हो ? जस्तो लाग्थ्यो ।’ उनले भनिन् ‘जब महाकालीमा झोलुङ्ग पुल बन्यो तब हामीलाई नेपाली भएको अनुभुती भयो । र अहिले झन चार लेनको ठुलो पक्कि पुल बनेपछि त हामीहरुले भारतको बाटो हिड्नु पर्ने बाध्यता हटेको छ ।’

पूर्वमन्त्रि एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता लेखकले महाकाली नदिमा निर्माण गरिएको उक्त चार लेनको पक्कि पुल दोधारा–चाँदनी आउन जान मात्र नभएर सुख्खा बन्दरगाहा निर्माण गरि दोधारा चाँदनीलाई विकास संग जोड्ने उद्देश्यले निर्माण गरिएको बताए ।

‘ महाकाली नदिमा निर्माण गरिएको चार लेनको पक्कि पुलको उद्देश्य दोधारा–चाँदनी आउन जान मात्र होइन ।’ नेता लेखकले भने ‘दोधारा–चाँदनीका जनतालाई सदमुकाम आउनजाने उद्देश्यले मात्र त्यो पुल निर्माण गरिएको भए सानो वान लेनको बनाएपनि हुन्थ्यो ।’

उनले अगाडी भने ‘त्यसैले दोधारा चाँदनीमा सुख्खा बन्दरगाहा निर्माण गरि दोधारा चाँदनी एवम् कञ्चनपुरलाई विकास संग जोड्ने उद्देश्यले त्यो पुल त्यति ठुलो बनाइएको हो ।’

ताजा समाचार