बाम लोकतान्त्रिक गठबन्धनको कृष्णपुरमा आयोजित चुनावी सभामा एमाले नेता कार्यकर्ता माओवादीमा प्रवेस

महेन्द्रनगर । निर्वाचनकै मुखमा नेकपा एमाले कञ्चनपुरका नेता कार्यकर्ता कोही माओवादीतिर कोही काँग्रेसतिर प्रवेसक्रम बढ्दैछ । बुधबार पनि कृष्णपुर नगरपालिकामा केही एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन ।

बाम लोकतान्त्रिक गठबन्धनको कृष्णपुरमा आयोजित चुनावी सभामा एमाले परित्याग गरेर नर बहादुर महरा सहितका नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेस गरेका छन ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता कैलाशचन्द्र गिरीले माओवादी परित्याग गरेर महरा सहितका नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रीय सदस्य एव गठबन्धनका क्षेत्र २(क) उम्मेदवार ओम विक्रम भाट(सरल), माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डे सहितका नेताहरुले स्वागत गरेका छन ।

महरासंगै समाजसेवी नरेन्द्रराज भट्ट, राप्रपाका भरतराज पन्त, महिला अगुवा बिमला धामी, गत स्थानीय तह निर्वाचन शुक्लाफाँटा नगरपालिका ७का स्वतन्त्र उम्मेदवार अम्बादत्त भट्ट सहितले माओवादी प्रवेस गरेका छन ।

पार्टीले राजतन्त्र फर्काउने राप्रपासंग गठबन्धन गरेको भन्दै कम्युनिष्ट आन्दोलन बचाउन माओवादीतिर प्रवेस गरेको भनाई छ ।

ताजा समाचार