सामाजिक सञ्जालमा चुनावी प्रचारका सामग्री हटाउन निर्वाचन आयोगको आग्रह

महेन्द्रनगर। निर्वाचन आयोगले ‘स्थिर समय’मा चुनावको प्रचारप्रसार गर्न नपाइने भन्दै सामाजिक सञ्जालमा प्रचारका लागि राखिएका सामग्री हटाउन आग्रह गरेको छ।

आयोगले स्थिर समय सुरु हुनुभन्दा अघिदेखि नै प्रचारका सामग्री सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरेपनि धेरैले अझै हटाएका छैनन्।

कतिपयले सामाजिक सञ्जालबाट प्रचारका सामग्री हटाए पनि धेरैले राखिराखेको पाइएको भन्दै आयोगले फेरि पनि यस्ता सामग्री हटाउन आग्रह गरेको हो।

आयोगले स्थिर समयमा सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने भएकाले त्यस्ता सामग्री हटाउन पनि भनेको छ।

चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा नराख्न र लाइक, कमेन्ट, सेयर, ट्याग वा प्रतिकमेन्टसमेत नगर्न आयोगले प्रयोगकर्तालाई आग्रह गरेको हो।

ताजा समाचार