महेन्द्रनगरमा करेन्ट लागेर एक महिलाको मृत्यु


महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार साँझ सिमलको रुखमा स्याउला काट्ने क्रममा स्थानीय ५५ वर्षीया कौशादेवि विष्ट सिमलको रुखको हाँगा मेनलाइनमा छोइएको रहेकाले करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको बताए ।

विष्टको शव पोष्टर्माटमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको जनाइएको छ।

ताजा समाचार