दुर्घटनामा परी रुपन्देहीका पत्रकार कंडेलको मृत्यु

महेन्द्रनगर । रुपन्देहीका पत्रकार नरबहादुर कंडेल को शुक्रबार साँझ ट्रकको ठक्करबाट मृत्यु भएको छ।

शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगरस्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने ट्रक) ले ठक्कर दिँदा मोटरसाइकलमा सवार पत्रकार कंडेलको मृत्युु भएको हो।

रुपन्देही सैनामैना नगरपालिका १ रानीबगिया निवासी ३६ बर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादक पत्रकार थिए।

ताजा समाचार