कञ्चनपुरमा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप, दुई जना घाइते

महेन्द्रनगर। भीमदत्त नगरपालिका–१ राजिपुरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन्।

शुक्रबार राति कांग्रेस कार्यकर्ता ४१ वर्षीय हिक्मतबहादुर विष्ट र एकीकृत समाजवादीका ६४ वर्षीय रतनबहादुर विष्टबीच कुटाकुट भएको हो। दुबै जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए।

‘हिक्मतको टाउकोमा चोट लागेको छ, रतनबहादुरको चिउडो र टाउकोमा चोट लागेको छ,’ उनले भने, ‘दुबै जनालाई हिजो नै महाकाली प्रादेशिक अस्पतालमा ल्याएका थियौं, दुबैलाई धनगढी रिफर गरिएको छ, झगडा के कारण भयो भन्नेबारे खुलेको छैन्।’

ताजा समाचार