कञ्चनपुर क्षेत्र नं.१ र २ को मतगणना कालिका मावि असैना झलारी मा हुने

महेन्द्रनगर। निर्वाचन अधिकृत कार्यालयले कञ्चनपुरको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा निर्वाचनको लागि क्षेत्र नं.१ र २ मा निर्वाचनको मतगणना स्थल कालिका मा. वि. असैना झलारीमा तोकेको छ।

निर्वाचन अधिकृत मोहनी प्रसाद जोशीका अनुसार सबै मतदान केन्द्रमा मतदान भई मतपेटिका प्राप्त भएपछि गणना गरिने मिति र समय तोकिने छ।

ताजा समाचार