भोट हाल्न गएका ८८ वर्षीय वृद्धको मृत्यु

महेन्द्रनगर । तेह्रथुमको लालीगुराँस नगरपालिका-८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको मृत्यु भएको छ।

तेह्रथुमको लालीगुराँस नगरपालिका-८ सोल्माको रत्न मावि केन्द्रमा भोट हाल्न गएका स्थानीय ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिए।

उनका अनुसार मतदानका लागि लाम बस्ने क्रममा लिम्बूको मृत्यु भएको हो। मृत्युको कारण खुल्न सकेको छैन।

ताजा समाचार