कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते

महेन्द्रनगर। भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित एक सामुदायिक वनमा बाख्रा चराउन गएकी महिलामाथि बाघले आक्रमण गरेको छ।

आइतबार दिउँसो बाख्रा चराउन भूमिराज मन्दिर पछाडिको श्रीराम मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गएकी करिब ६५ वर्षीय भागरथी भट्टमाथि बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणले उनको नाक र निधारमा चोटपटक लागेको छ। सँगै भएका अन्य महिलाहरुले होहल्ला गरेपछि बाघ भागेको स्थानीयले बताए।

घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताए।

ताजा समाचार