बैतडीमा प्रहरी सवार गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ९ जना गम्भिर घाइते

महेन्द्रनगर । बैतडीमा प्रहरी सवार गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। सोमबार बिहान पाटन नगरपालिका–४ थुममा प्रहरी चढेको से १ ज ८५४ नम्बरको जिप दुर्घटना भएको हो। 

मतपेटिका पु-याएर फर्कदै गरेको प्रहरी चढेको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। एक जना अर्का घाइतेको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको खबर आएपनि प्रहरीले त्यसको पुष्टि गरिसकेको छैन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी चौकी धामीगाउँ बैतडीमा कार्यरत प्रहरी जवान रमेशसिंह साउद र तालिम केन्द्रमै कार्यरत अर्का जवान लोकबहादुर बाठामगरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी हवल्दार गणेश खड्का र जवान पुतली खड्कालगायतलाई हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्जतर्फ लगिएको छ।

निर्वाचनमा खटिएको प्रहरी सवार गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको छ। जिपमा चालक सहित १३ जना सवार थिए।

‘तीन जनाको घटनास्थलमै ज्यान गएको छ, घाइते अर्काको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको खबर आएको छ ।

मृतकको पहिचान भने खुल्न सकेको छैन। निर्वाचनमा खटिएका प्रहरी सवार गाडी सडकबाट दुई सय मिटर तल खसेको छ। जिपमा चालक सहित १३ जना सवार रहेका थिए।

तीमध्ये ९ जना गम्भिर घाइते छन्। उनीहरुलाई उद्दार गरेर थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लैजाने तयारी भइरहेको सीडीओ पन्थीले बताए।

ताजा समाचार