कञ्चनपुर–३ मा कांग्रेसका उम्मेदवार लेखकले बढाए अग्रता

महेन्द्रनगर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकले अग्रता बढाउँदै लगेका छन् ।

मतगणनाको पछिल्लो परिणाम अनुसार १६ हजार ६८८ मत गणना हुँदा लेखकले ३ हजार ७२९ मतले अग्रता लिएका छन् ।

उनले ८ हजार ६०५ मत पाएका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले ४ हजार ८७६ मत पाएकी छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण लुहारले ८३२ मत पाएका छन् ।

ताजा समाचार