महेन्द्रनगर । कञ्चनपुर जिल्लाको क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रमेश लेखकको फराकिलो अग्रता कायमै छ ।
२१ हजार ३ सय १६ मतगणना हुँदा लेखकले १० हजार ९ सय ९ मत पाएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार निरुदेवी पालले ६ हजार ४ सय ३१ मत मात्रै पाएकी छन् ।
यहाँ कांग्रेसलाई नेकपा माओवादी केन्द्रले साथ दिएको थियो भने एमालेलाई राप्रपाले साथ दिएको थियो ।