कैलाली क्षेत्र नं. ४ मा अर्धकट्टी मत बाकसमा भेटिएपछि मतगणना स्थगित

महेन्द्रनगर । कैलाली ४ को मतगणना स्थगित भएको छ ।प्रतिनिधि सभाको मत गणनाका क्रममा अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा एमालेका प्रतिनिधिहरुले मतगणना स्थगित गरेका हुन। गेटा मेडिकलमा जारी मतगणना स्थगित भएको हो ।
मतगणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले बताए। मतगणनामा सहभागी नहुने एमालेले जनाएको हो । अहिले उनिहरुका प्रतिनिधी मतगणना स्थलबाट बाहिरिएका छन। उनले उम्मेदवारहरुसहित पार्टीका प्रतिनिधिहरुले आपसलमा छलफल गरेर मात्रै गणना सुुरु गर्नुपर्ने भनेपछि तत्कालका लागी मतगणना रोकेको बताए । उनले छलफल पश्चात पुनः मतगणना सुरु गरिने बताए ।

ताजा समाचार