कञ्चनपुर–२ बाट फराकिलो मतान्तरले एनपी साउद विजयी

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका एनपी साउद विजयी भएका छन्।

प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीलाई ८ हजार ४ सय ५५को मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

एनपीले २८ हजार, १ सय मत पाउँदा धामीले २१ हजार, ६ सय ४५ मत मात्रै पाएका छन्।

ताजा समाचार